सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा बर्खास्त
Tuesday, December 29th, 2020, 11:53 am
धनगढी
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा बर्खास्त हुनु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले केपी शर्मा ओली निकट बोहरालाई आज बर्खास्त गर्नु भएको हो ।
बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ
।