अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत विजयी
Tuesday, December 29th, 2020, 11:39 am
एजेन्सी । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारतले जित दर्ता गरेको छ । मेलबर्नमा घरेलु टोलीमाथि ८ विकेटको जित निकाल्दै भारतले चार म्याचको सिरिज १–१ को बराबरी गरेको हो । ७० रनको सामान्य लक्ष्य पाएको भारतले २ विकेट गुमाएर लक्ष पुरा गरेको हो ।
सुभमन गिलको ३५ र कप्तान आजिक्या रहाणेको सार्बधिक २७ रनले टिमलाई जित दिलाएका हुन् । ६ विकेटको क्षतीमा १ सय ३३ रन बनाएर चौथो दिनको खेल थालेको अष्ट्रेलियाले ७७ रन बनाउन बाँकी विकेट गुमाएको हो ।
पहिलो ईनिङ्समा ब्याटिङ्ग गरेको घरेलु टोली १ सय ९५ रनमा अलआउट बन्यो । जवाफमा कप्तान रहाणेको शतकमा भारतल ३ सय २६ रन बनायो । १ सय ३१ रनले पछि परेको अवस्थामा दोस्रो ईनिङ्स सुरु गरेको अष्ट्रेलियाले दोस्रो ईनिङ्समा २ सय रनमात्र जोड्न सकेको थियो । पहिलो टेष्टमा भने अष्ट्रेलिया ८ विकेटले विजयी बनेको थियो । अब तेस्रो टेष्ट जनवरी ७ मा सिड्नीमा सुरु हुनेछ ।