सुनको भाउ आज तोलामा ८०० रुपैयाँ घट्यो
Tuesday, December 29th, 2020, 11:31 am
काठमाडौँ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि हिजो भने ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९३ हजार ६०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ पनि घटेको छ । हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।