दाङमा जीपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
Tuesday, December 29th, 2020, 11:30 am
दाङ
दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको प्रहरी कार्यालय दाङले जनाएको छ ।
जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।