महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकारवादीलाई साउदी अरबमा जेल सजाय
Tuesday, December 29th, 2020, 10:44 am
काठमाडौं
महिलाहरूले गाडी चलाउन पाउने अधिकारको वकालतसमेत गरेकी लुजैनालाई आतङ्कवादविरुद्धको अदालतले सजाय सुनाएको छ । अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको हो । ३१ वर्षीया लुजैनाले अहिलेसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छिन् ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले पटक–पटक उहाँलाई रिहा गर्न माग गर्दै आएका छन् । लुजैना र उनका परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ताअघि पक्राउ गरिएको थियो ।
मानव अधिकारवादीहरूले उनको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको बताएको उल्लेख छ ।