एस्टन भिल्लाले बराबरीमा रोक्यो चेल्सीलाई
Tuesday, December 29th, 2020, 10:36 am
एजेन्सी । प्रिमियर लिग एस्टन भिल्लाले चेल्सीलाई बराबरीमा रोकेको छ । हिजो भएको खेलमा एस्टन भिल्लाले चेल्सीलाई १–१ गोलको बराबरी रोकेको हो ।

खेलमा चेल्सीले अग्रता लिएका थियो । ३४ औ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
चेल्सीले पहिलो हाफमा पाएको अग्रताको बाधक बन्दै एस्टन भिल्लाका एल गाजीलले खेलको ५० औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

दुवै टोलीले बराबरी सगैं चौथो स्थानमा उक्लने मौका गुमाएका छन् । चेल्सीको १६ खेलबाट २६ अङक छ भने एस्टन भिल्लाको १४ खेलबाट २६ अङक रहेको छ । गोल अन्तरका आधारमा एस्टन भिल्ला पाँचौ र चेल्सी छैटौं स्थानमा छ ।