सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार हुदैनः कमल थापा
Tuesday, December 29th, 2020, 10:33 am
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार नहुने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा आज बिहान ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तरराष्ट्रिय भाइचारा भन्दै भारतीय कांग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला?’

गरिहिँदो सत्ता संकट भएको बेला पार्टी एकतामा सहयोग गर्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेका बेला थापाले चीनले अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा नेपालको आन्तरिक मामलामा दवाव, प्रभाव र हस्तक्षेप गरेको आरोप लगाउनुभएको हो ।