हारबाट जोगियो लेस्टर
Tuesday, December 29th, 2020, 10:22 am
एजेन्सी । प्रिमियर लिग हिजो भएको खेलमा लेस्टर सिटि क्रिस्टल प्यालेससगं हार्नबाट जोगिएको छ । फुटबलमा हारबाट जोगिएको छ ।
खेलको अन्तिम समयमा हार्वे र्बान्स गोल गर्दै लेस्टरको हार टारेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रिस्टल प्यालेसले खेलको दोस्रो हाफमा अग्रता लिएको थियो । आफ्नै घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसका लागि विल्फिर्ड जाहाले गोलमा ५८ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

जित नजिकै पुगेको क्रिस्टल प्यालेसका लागि हार्वे र्बान्स बाधक बने । उनले खेलको ८३ औ मिनेटमा गोल गर्दै लेस्टरलाई बराबरीको नतिजामा ल्याए । र दुबै क्लबले एक–एक अङक बाडे ।

बराबरी खेलेको लेस्टर १६ खेलबाट २९ अङक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेका एभर्टन समान २९ अङकसहित गोल अन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा झरेको छ । दुबै क्लब तालिकाको शीर्षस्थान रहेको लिभरपुलभन्दा ३ अङकले पछि रहेका छन् ।