चिनियाँ विशेष टोलीले कांग्रेस सभापति देउवालाई भेट्दै
Tuesday, December 29th, 2020, 10:23 am
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री क्वो ए चौ नेतृत्वको टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेग गर्ने भएको छ ।
बिहान साढे १० बजे देउवालाई उहाँकै निवास बुढानिलकण्ठमा भेट गर्न चिनियाँ टोली जाने कार्यतालिका तय भएको छ । भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसी हित सम्बन्धमा छलफल हुने बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूतका रूपमा नेपाल आएको क्वो ए चौ नेतृत्वको टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक भेटघाटलाई तीव्रता दिएको टोलीले नेकपाको अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग पनि भेटवार्ता गरिसकेको छ ।