भारतीय राजदूत र उर्जामन्त्री रायमाझी बिच भेटबार्ता
Monday, December 28th, 2020, 5:12 pm
काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
मन्त्री रायमाझी भेट्न राजदूत क्वात्रा सिंहदरबारस्थित मन्त्रालय पुग्नुभएको थियो । भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्री रायमाझी बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनुका साथैै रायमाझीको कार्यकालमा संयुक्त परियोजनाहरु कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो । साथै द्विपक्षीय उर्जा सहयोगबारे छलफल भएको राजदूत क्वात्राले ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।