काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदुत अलेक्सइ ए नोविकोवबीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ। नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई राजदुत नोविकोवले बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। भेटमा नेपाल र रसियाबीचको एतिहासिक मित्र सम्बन्ध सङ्गै वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि कुराकानी भएको छ।
राजदुत नोविकोवले नेपालाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड-१९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्दता गर्नुभयो। साथै हाल रसिया सङ्ग सन्सारका १०८ देशले खोप माग गरेकामा रसियाले नेपाललाई खोप उपलब्ध गराउने देशको छैटौ (६) प्रथामिकतामा राखेको जानकारी दिनुभयो। मन्त्री त्रिपाठीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विस्वास सहित कोभिड-१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गर्नुभयो।