गेम अफ थ्रोन्स निर्माता लिन छुयीको विष दिएर हत्या
Monday, December 28th, 2020, 2:04 pm
एजेन्सी । गेम अफ थ्रोन्सः विन्टर इज कमिङ गेमका चिनियाँ निर्माता लिन छुयीको क्रिसमसको दिन विष दिएर हत्या गरिएको छ । चीनको सांघाइ प्रहरीकाअनुसार उनको विष दिएर हत्या गरिएको हो ।
गेम निर्माता कम्पनी युजुरका अध्यक्ष तथा सीईओ लिनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ गेम निर्माताको रुपमा चिनिन्थ्यो ।
सांघाइ प्रहरीले उनको हत्याको आरोपमा लिन एक मुख्य सहयोगीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन ।
३९ वर्षीय लिनले सन् २००९ मा यूजू स्थापना गरेका थिए । गेम अफ थ्रोन्सका साथै युजुर कम्पनीले ब्रल स्टारजस्ता धेरै सुपर हिट गेम बनाएको छ । लिनको सम्पत्ति एक अर्ब ३० करोड डलर रहेको छ ।