अवैध यार्सागुम्बासहित एक युवक विमानस्थलबाट पक्राउ
Monday, December 28th, 2020, 2:02 pm
काठमाडौं । बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका २ का ४३ वर्षीय छिटुप तामाङ रहेका छन् ।
आज बझाङबाट नेपालगन्जको लागि उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल सुरक्षागार्ड देवलमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथमा रहेको झोलाबाट अवैध यार्सागुम्बा बरामद गरेको हो । पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी डिभिजन वन कार्यालयले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद चौधरीले जानकारी दिएका छन् ।