स्वास्थ्य मन्त्री ढकालका विज्ञ सल्लाहकार डा.कार्कीले दिए राजीनामा
Monday, December 28th, 2020, 2:00 pm
काठमाडौं । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा जिम्मेवारी हेरफेरका क्रममा पुगेपछि उनका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले नियुक्ति गरेका उनको राजीनामा स्वीकृत पनि अब बस्ने मन्त्रिपरिषदको बैठकमानै टुङ्गो लाग्ने छ । गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो ।