पठाओको बानेश्वरस्थित कार्यालयमा तोडफोड
Monday, December 28th, 2020, 1:38 pm
काठमाडौं
केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले राजधानीको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड गरेका छन् ।
कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिनु भएको छ।
कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदार मार्ने काम गरेको लगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् ।