आर्सनल गर्यो युभेन्टसलाई ओजिलको लागि प्रस्ताव
Monday, December 28th, 2020, 1:15 pm
एजेन्सी । जर्मन खेलाडी मेसुट ओजिललाई ६ महिनाका लागि ऋण सम्झौतामा लैजानका लागि आर्सनलले इटालियन क्लब युभेन्टसलाई प्रस्ताव गरेको छ ।
युभेन्टसले ओजिललाई लैजाने इच्छा जाहेर गरे ओजिलको ३ लाख ५० हजार पाउण्ड साप्ताहिक तलबमा पनि सहुलियत दिने जनाइएको छ ।
३२ वर्षिय ओजिलको आर्सनलसगं ६ महिनाको सम्झौता बाकिँ रहेको छ । उनका एजेन्डका अनुसार ओजिल सो सम्झौतासम्म आर्सनलमै रहन चाहेका छन् ।

यदि ओजिल युभेन्टस जाने तय भए उनले रियाल मड्रिडका पुराना सहपाठि क्रिस्टियानो रोनाल्डोसगं खेल्न पाउनेछन् । दुबै मिलेर रियाल मड्रिडमा हुदाँ गरेको उत्कुष्ट प्रर्दशनलाई त्यहाँ पनि दोहोर्याउने आकंलन गरिएको छ । ओजिलले रियाल मड्रिड छोडेर आर्सनल जादाँ रोनाल्डो उनीसगं रिसाएको बताइन्छ ।