चीनको नयाँ स्याटेलाइट अन्तरिक्षको कक्षमा सफल प्रवेश
Monday, December 28th, 2020, 12:43 pm
एजेन्सी। चीनले आइतबार राति याओकान–३३ नामक नयाँ स्याटेलाइट अन्तरिक्षमा पठाएको छ । उतरपूर्वी चीनको इनर मंगोलियामा रहेको च्यू छ्यान स्याटेलाइट सेन्टरबाट हिजो राति ११ः४५ बजे चीनले सो रिमोट सेन्सीङ स्याटेलाइटलाई अन्तरिक्षमा पठाएको हो ।
हिजो प्रक्षेपण गरिएको याओकान–३३ लङग मार्च–४ सी रकेट स्याटेलाइट चीनले सोचेको अन्तरिक्षको कक्षमा सफल रुपमा प्रवेश पनि गरेको जनाइएको छ । याओकान–३३ लङ मार्च रकेट क्यारियर श्रृङखलाअन्तर्गत पठाइएको यो ३५७ औ वायुयान मिसन हो ।
यो मिसनमा सुक्ष्म र नानो प्रयोगात्मक प्रविधियुक्त स्याटेलाइट पनि अन्तरिक्षको कक्षमा पठाएको छ । सीजीटिएनका अनुसार जसमध्ये २ वटा स्याटेलाइट बैज्ञानिक प्रयोग, भूमि श्रोतहरुको सर्वेक्षण , बाली उत्पादन अनुमानका साथै प्रकोप रोकथाम र कटौती जस्ता विषय अध्ययनका लागि प्रयोग गरिने बताइएको छ ।
रिमोट सेन्सीङ स्याटेलाइटको प्रयोग भूगोल, भूमि सर्वेक्षण र अधिकांश पृथ्वी विज्ञान विषयहरु जस्तै जलविज्ञान, मौसम विज्ञान, समुद्र विज्ञान, हिमनदी साथै आर्थिक, योजना, र मानवीय अनुप्रयोगहरूको अध्ययनका लागि प्रयोग गरिन्छ ।