लमजुङमा अज्ञात समुहद्वारा मोटरसाईकलमा आगजनी
Monday, December 28th, 2020, 11:43 am
काठमाडौं । अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ ।
मोटरसाइल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग १ ख २४७२ को बेँसीशहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले सामान्य क्षति पुर्याएको जानकारी दिए ।
बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज सोमवार विहान आगजनी भएको भएको हो ।