वाग्मती प्रदेश लोकसेवा आयोगद्धारा ११ सय भन्दा बढि कर्मचारी आह्वान
Monday, December 28th, 2020, 11:41 am
काठमाडौं । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक ११ सय भन्दा बढि कर्मचारी आह्वान गरेको छ ।
प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ११ सय ५२ कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ ।
आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।