मेस्सीलाई पछि पार्दै रोनाल्डो बने प्लेअर अफ दि सेन्चुरी
Monday, December 28th, 2020, 11:33 am
एजेन्सी । अर्जेन्टिनी स्टार खेलाडी लिओनल मेस्सीलाई पछि पार्दै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले प्लेअर अफ दि सेन्चुरी अवार्ड जितेका छन् । दुबईमा भएको ग्लोब सकर अवार्डमा प्लेअर अफ दि सेन्चुरी अवार्ड जित्दा रोनाल्डोले लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पारे ।

रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् । रोनाल्डोले यो अवधिमा पाँचपटक च्याम्पियन्स लिग, म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियाल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जितेका छन् ।
यस्तै हिजो सम्पन्न सो कार्यक्रममा पोलिस खेलाडी रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । लेवान्डोस्कीले रोनाल्डो र लिओनल मेसीलाई पछि पारे । उनले यसअघि फिफा वर्ष खेलाडी पनि जितेका थिए ।

यस्तै ग्लोब सकर अवार्डमा बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते भने बायर्न म्युनिकले क्लब अफ दि इअरको अवार्ड जित्यो ।
साथै स्पेनका इकर कासियास उत्कृष्ट गोलकिपर र डिफेण्डर जेरार्ड पिकेले प्लेअर करियर अवार्ड प्राप्त जितेका छन्
स्पानिस क्लब रियाल मड्रिड क्लब अफ दि सेन्चुरी र पेप ग्वार्ढिओला कोच अफ दि सेन्चुरी घोषित भए ।