विमल र विक्रमको शल्यक्रिया कतारमा हुने
Monday, December 28th, 2020, 11:30 am
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका विमल घर्तीमगर र विक्रम लामाको शल्यक्रिया कतारमा हुने भएको छ । एन्फाले केहि समय अगाडी घाइते रहेको दुबैको उपचारका कतार फुटबल सघंलाई आग्रह गरेको थियो । एन्फाको आग्रहलाई स्वीकारेपछि विमल र विक्रमको शल्यक्रिया कतारमा हुने तय भएको हो ।
विमललाई विश्वकप २०२२ र एसियन च्याम्पियनसिप २०२३ का लागि सचांलन भइरहेको बन्द प्रशिक्षणका क्रममा चोट लागेको थियो । विमललाई तीन गम्भीर चोट देखा परेको छ ।
विमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडीएल कोल्याटरल लिगामेन्ट (एमसीएल) मा पनि हल्का चोट देखिएको छ साथै ल्याटरल मेनिस्कसमा पनि चोट रहेको लागको देखिएको थियो ।
विक्रमलाई दुई वर्षअघि गरिएको शल्यक्रियामा थप उपचार आवश्यक रहेकोले त्यसका लागि उनी पनि कतारमा उपचारका लागि जाने भएका छन् ।