बर्नलीमाथि लिड्सको कठिन जित
Monday, December 28th, 2020, 11:27 am
एजेन्सी । प्रिमियर लिगमा लिड्स युनाइटेडले बर्नलीमाथि कठिन जित हासिल गरेको छ । हिजो भएको खेलमा लिड्सले बर्नलीको झिनो अन्तरले हराएको छ ।
लिड्सको जितमा प्याट्रिक बामफोर्ड नायक बने । उनले लिड्सले खेलको ५ औ मिनेटमा पाएको पेनाल्टिलाई गोलमा परिणत गर्दा लिड्सको ३ अङक बटुलेको हो ।

खेल सुरुवातमै भएको गोल निर्यायक बन्दा लिड्सले बर्नलीलाई हराएको हो ।
जित सहित लिड्स १५ खेलबाट २० अङकसहित तालिकाको १२ औं स्थानमा उक्लिएको छ ।