साउदीमा तेल र ग्याँसको चार वटा नयाँ भण्डारण फेला
Monday, December 28th, 2020, 11:22 am
काठमाडौं । साउदी अरबले आफ्नो देशमा चार नयाँ क्षेत्रमा तेल र ग्याँसको भण्डारण फेला परेको जनाएको छ । सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीले बताएअनुसार साउदीमा चार नयाँ तेल र ग्याँस भण्डारण क्षेत्र भेटिएको हो ।
साउदी अरबका ऊर्जामन्त्री पिंन्स अब्दुल अजीज बिन सलमानले आइबार तेल र ग्याँसको चार नयाँ भण्डारण भेट्टिएको जानकारी दिएका थिए ।
देशको पूर्वी प्रान्तको धारहन अल–रीश तेल क्षेत्रमा गैरपरम्परिक तेलको खोजी भएको बताइएको छ । यो क्षेत्र साउदीको तेल उद्योगको प्रमुख प्रशासनिक केन्द्र हो ।