लिभरपुलले बढ्यो वेस्ट ब्रुमसगं अङक
Monday, December 28th, 2020, 11:22 am
एजेन्सी । प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले वेस्ट ब्रोम अचाल्वियनसंग बराबरी खेल्दै अंक बाँडेको छ । साविक विजेता लिभरपुलले वेस्ट ब्रोमसंग १–१ गोलको बराबरी खेल्दै शीर्ष स्थान रहदै अङक दुरी बढाउने मौका गुमाएको छ ।
हिजो भएको खेलमा लिभरपुलले १२ औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । खेलको धेरै समय बललाई आफ्नो कब्जामा राखेपनि लिभरपुलको गोल गर्न सकेन ।

१–० ले जित नजिक पुगेको लिभरपुललाई खेलको अन्तिम समयमा झड्का लाग्यो । खेलको ८२ औ मिनेट सेमी अजायी हानेको बल पोस्टमा लाग्दै गोलमा परिणत भएपछि लिभरपुलको जित रोकिएको हो ।

बराबरीसगैं दुबै टिमले एक–एक बाढेका छन् । लिभरपुल अझै पनि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ । १५ खेलबाट ३२ अङक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको एर्भटन भन्दा ३ अङकले माथि छ । एर्भटनको समान १५ खेलबाट २९ अङक रहेको छ ।