रामकृष्ण ढकालको ‘लाख बिन्ती’मा दिलिप रायमाझीको अभिनय
Monday, December 28th, 2020, 11:20 am
काठमाडौं । चर्चित लोकप्रिय गायक रामकृष्ण ढकालको ‘लाख बिन्ती’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक ढकालको स्वर रहेको छ भने राम कंडेलले गीत लेखेका छन् ।
गीतमा सरोज प्याकुरेलको संगीत रहेको छ ।
प्रेम र विश्वासघातको कथा बोकेको गीतमा नायक दिलिप रायमाझीकको अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा बिन्दिया शाही, निक शर्मा तथा सपनकुमार थापाले साथ दिएका छन् । गीतको भिडियोलाई फिल्म निर्देशक राजु अधिकारीले निर्देशन गरेका छन् ।