चिनियाँ कम्युनिष्ट पार्टीका नेता क्वाे ए चाै सहितका प्रतिनिधिमण्डलले भेटे प्रचण्ड
Monday, December 28th, 2020, 11:22 am
काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाको प्रचण्ड नेपाल समूहका शीर्ष नेताहरुसँग छलफल थालेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वाे ए चाै नेतृत्वको टोलीले आजै अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्ने नेकपाको प्रचण्ड- नेपाल समूहले जनाएको छ ।
हिजो काठमाण्डौ आउनेबित्तिकै चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेको थियो । विभाजन भइसकेको नेकपालाई मिलाउने प्रयासमा चिनियाँ टोली काठमाण्डौ आएको बुझिएको छ ।
टोलीले बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँकै निवास खुमलटार पुगेर भेट गरेको छ । भेटमा प्रतिनिधिसभा विघटन र नेकपा विभाजनलगायतका विषयमा कुराकानी भएको छ ।