राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान
Sunday, December 27th, 2020, 5:20 pm
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १० बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।
