आगमी वर्ष २६२ आधारभूत अस्पताल निर्माण नवनियुक्त स्वास्थ्यमन्त्रीको उद्घोष
Sunday, December 27th, 2020, 5:01 pm
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गर्नुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २६२ वटा स्थानीय तहमा ५,१० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गर्नुभएको हो ।
यसअघि गत मंसिर १५ गते स्वास्थ्य मन्त्रालयले अस्पताल तथा संस्थासंस्था नभएका ३ सय ९६ वटा स्थानीय तहमा एकैसाथ अस्पताल निर्माणको काम सुरु गरेको थियो। त्रिपाठीले दिउँसो २ बजे कार्यभार सम्हाल्नुभएको थियो । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेपछि पुराना मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गरिएको थियो ।
योसँगै यसअघि सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी स्वास्थ्यमा आउनुभएको हो भने यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा जानुभएको छ ।