संसद विघटनको विरोधमा अनेरास्ववियूले निकाल्यो सिठ्ठी जुलुस
Sunday, December 27th, 2020, 4:57 pm
काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूले संसद विघटनविरुद्ध माइतीघर मण्डलामा सिठ्ठी सिटी जुलुस निकालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल -नेपाल समूह, जनवर्गीय संगठनहरु र कांग्रेस, जनता समाजवादीलगायत पार्टी आन्दोलनमा छन् ।
माइतीघर मण्डलाबाट सुरु भएको विद्यार्थीहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।