कतार एयरवेजले यात्रुहरूलाई थप सुविधा दिने
Sunday, December 27th, 2020, 4:49 pm
काठमाडौँ । कतार एयरवेजले यात्रुहरूलाई थप सुविधा दिने जनाएको छ । एयरलाइनको यो सुविधाजनक बुकिङ नीति यात्रुलाई शान्तिपूर्व आफ्ना योजना परिवर्तन गर्न सहज बनाउन निर्माण गरिएको हो ।
कतार एयरवेजले ३१ डिसेम्बर २०२१ सम्मको यात्राका लागि ३० अप्रिल २०२१ अघि जारी गरिएका सबै टिकटको निःशुल्क टिकट शुल्क फिर्ता र असीमित मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ । एयरलाइनले टिकटलाई ट्राभल भौचरसँग साट्ने विकल्प पनि प्रदान गर्ने जानकारी दिएको छ ।