ओलीको कदममा खड्गवादीबाहेक कसैको पनि समर्थन नरहने : अशोक राई
Sunday, December 27th, 2020, 4:41 pm
काठमाडौं
संसद् विघटन र चुनाव घोषणामार्फत केपी ओलीले संविधानमाथि खड्ग प्रहार गरेको जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईले बताउनु भएको छ। जसपाले आइतबार गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता राईले ओलीको यो प्रहारमा खड्गवादीबाहेक कसैको पनि समर्थन नरहने समेत दाबी गर्नुभयो ।
प्रतिनिधिसभा विघटन गर्ने र चुनावको आयोजना गर्ने निर्णय संविधानविपरीत, असंवैधानिक भएको कारण सम्पूर्ण नेपाली जनता र राजनीतिक दल संविधानमाथि खड्ग प्रहार गर्नेबाहेक सारा सडकमा रहेको बताउनु भयो ।
हजारौं सहिदको रगतबाट लेखिएको संविधानलाई हल्का ढंगबाट समाप्त पार्ने प्रयास भएको भन्दै नेता राईले संविधानमा केही कमजोरी रहेको र संघीयताको भावना र नेपाली जनताको चाहनाअनुरुप भने बनाउन बाँकी रहे पनि त्यसलाई संशोधन गर्ने मात्र आफूहरुको माग रहेको भन्दै ओलीले संविधानको मर्ममै प्रहार गरेर सिध्याउने प्रयास गरेको आरोप लगाउनु भयो ।
एउटा व्यक्तिको चाहना पूरा गर्न संविधानमा धावा बोलिएको छ, संविधानको चिरहण गरिएकोले यसलाई सच्याउने पुनस्स्थापित गर्ने एउटा मात्र बाटो संसद्को पुनस्स्थापना भएको नेत राईको भनाई थियो ।