नेपालमा घटे कोरोना संक्रमित, ५०० सयमा कोरोना पुष्टि ३ को मृत्यु
Sunday, December 27th, 2020, 4:31 pm
काठमाडौँ । नेपालमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ६ हजार ७४९ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी बितेको २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने ८४० संक्रमित निको भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या एक हजार ८१९ पुगेको छ ।
योसँगै हाल नेपालमा कोरोना निको हुनेको कूल संख्या २ लाख ४९ हजार १३२ पुगेको छ भने कोरोना पुष्टी हुनेको कूल संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।