अविश्वास प्रस्तावको आरामले सामना गर्छुः मुख्यमन्त्री राई
Sunday, December 27th, 2020, 3:49 pm
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको आरामले सामना गर्ने बताएका छन् । आज बिहान प्रदेशसभा सचिवालयमा प्रचण्ड–नेपाल समुहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रतिक्रिया दिदै उहाँले यो प्रस्तावले आफू नआतिएको बताए ।
केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर प्रदेशमाथि सुनियोजित रुपमा आक्रमण भएको उनको भनाई छ । उहाँले दर्ता भएको अविश्वासको प्रस्ताव आफूमाथि मात्रै नभइ प्रदेश माथिकै आक्रमण भएकाले यसलाई सांसदले केलाएर बुझ्ने र आफूलाई बहुमत सांसदले साथ दिने विश्वास समेत व्यक्त गरे ।
प्रदेश सरकार असक्षम भएर, प्रदेश सरकारले काम गर्न नसकेर र मुख्यमन्त्रीले नाजायज काम गरेर नभइ कसैद्वारा निर्देशित भएर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै उनले प्रस्ताव सुनियोजित भएको दाबी गरेका छन्