पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुदा ४ जनाको मृत्यु
Sunday, December 27th, 2020, 3:33 pm
काठमाडौं । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर दुर्घटना हुदाँ दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार सो दुर्घटना भएको हो ।
उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।