नवनियुक्त खेलकुद मन्त्री दावा लामाद्वारा पदभार ग्रहण
Sunday, December 27th, 2020, 3:34 pm
काठमाडौं – नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।ससंद विघटन भएपछि सतारुढ दल नेकपामा फुट आएपछि निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बाहदुर विश्वकर्मा (सुनार) लाई सो पदबाट हटाइएको थियो ।
उहाँलाई हटाएर रिक्त रहेको स्थानमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्दै दावा लामालाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पिनु भएको थियो ।
मन्त्री लामाले आज (आइतबार) सिंहदरवारमा आफ्नो पदभार ग्रहण गरेका हुन् । आजै मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बाहदुर विश्वकर्मा (सुनार) लाई बिदाई पनि गरेको छ ।
नवनियुक्त मन्त्री लामालाई मन्त्रालयका युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश कुमार सिलवाललगायतले स्वागत गर्नु भएको थियो ।