समस्या समाधानमा सरकारले गम्भिरता नदेखाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित
Sunday, December 27th, 2020, 3:25 pm
काठमाडौं । कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भिरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।
कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खटने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशिल विभिन्न ट्रेड युनियन तथा पेशागत संघरसंगठनहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् ।
स्वास्थ्यकर्मीहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरी समस्या समाधान गर्न माग गरेका छन् । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री र सुरक्षित वातावरणको सुनिश्चितता नभएको, जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म उपलब्ध हुन नसकेको, राज्यले घोषणा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।
विश्वभर कोभिड–१९ को नयाँ–नयाँ रुप देखिदै गएको अवस्थामा पनि सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै चासो नदेअखाएको डा. लोचन कार्कीले बताउनुभयो । आफुहरुको माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा. कार्कीले बताउनुभयो ।