जनता समाजवादी पार्टी नेपालको सरकारविरूद्ध काठमाडौंमा प्रदर्शन
Sunday, December 27th, 2020, 2:04 pm
काठमाडौं
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा काठमाडौंमा आज प्रदर्शन गरेको छ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत दलका नेताहरू प्रदर्शनमा सहभागी हुनु भएको छ ।
र्याली, नारावाजी गर्दै जसपा कार्यकर्ताहरू शान्तिबाटिकामा कोणसभामा पुगेका छन्। शीर्ष नेताहरूले यो कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधि सभा भंग गरे पछि उक्त कदम असंवैधानिक भएको भन्दै जसपाले पुस ८ गतेदेखि नै प्रदर्शन गरिराखेको छ।