इरानमा हिमपहिरोको कारण दश पर्वतारोहीको मृत्यु
Sunday, December 27th, 2020, 1:52 pm
काठमाडौं । इरानको राजधानी तेहेरानको उत्तरी क्षेत्रमा रहेको हिमालयमा पर्वतारोहणको क्रममा आँधीबेहरी र हिमपहिरोको कारण दश जना पर्वतारोहीको मृत्यु भएको छ । राजधानीको नजिकै रहेको अल्बर्ज हिमश्रृंखला पर्वतारोहण र स्की खेल्नको लागि निकै प्रख्यात छ तर पछिल्लो केहि दिन त्यहाँको मौसममा परिवर्तन र उच्च हिमपातको कारण पर्वतारोही हिमालमा फसेका छन् ।
रेड क्रिसेन्ट नामको संस्थाले २० जना पर्वतारोहीलाई हिमाल चढ्न लगेको थियो तर हिमपहिरोको कारण १४ जनाको उद्धार गरेको छ भने सात जना बेपत्ता भएका छन् । हिजैदेखि उद्धार कार्य जारी राखिएपनि राति उद्दार कार्य बन्द गरिएको थियो र आज बिहान देखि उद्दारमा लागिपरेका छन् । मृत्यु हुनेहरुमा राजनीतिक अभियन्ता, विद्यार्थी, डाक्टर र पर्वतारोहणका प्रशिक्षक रहेका छन् ।
शुक्रबार, एक स्की रोसोर्टको केवलकार बिग्रिएको कारण सय जना मानिस फसेका थिए । त्यस्तै इरानमा थप हिमपहिरो आउने चेतावनी दिइएको छ । हिमालमा पर्वतारोहण गरिरहेका मानिसको जीपीएसले काम गर्न बन्द भएको अनुमान गरिएको छ ।