मध्यपुरथिमी नगरपालिकामा तत्काल विद्यालय सञ्चाल नगरिने
Sunday, December 27th, 2020, 1:25 pm
काठमाडौं । भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् ।
विभिन्न नगरपालिकाले भौतिक रुपमानै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमीले भने कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने जनाएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मध्यपुरथिमि नगर कार्यसमितिले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिने बताएका हुन् ।