पुस १६ देखि कक्षा १२ को पुनः परीक्षा हुने
Sunday, December 27th, 2020, 1:17 pm
काठमाडौं । पुस १६ गतेदेखि कक्षा १२ को पुनः परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै पुस १६ गतेदेखि कक्षा १२ को पुनः परीक्षा हुने जनाएको हो ।
कोरोना संक्रमणका कारण गत मंसिर ९ गतेदेखि भएको परीक्षा दिन नपाएका परीक्षार्थीले अब १६ गतेबाट परीक्षा दिन पाउने भएका हुन् । बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।
बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन गरेको थियो । संक्रमणको कारण परीक्षा दिन नपाएका परीक्षार्थीले बोर्ड समक्ष निवेदन दिएका थिए ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गर्दै सम्बन्धित विद्यालयमै सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका प्रकाशन गरिएको हो । पुस १६ गतेबाट सुरू हुुने परीक्षा पुष २३ गते सकिनेछ ।