कञ्चनपुरमा पार्टी कार्यालयको विषयलाई लिएर ओली र दाहाल-नेपाल पक्षबीच विवाद
Sunday, December 27th, 2020, 1:15 pm
काठमाडौँ । पार्टी कार्यालयको विषयलाई लिएर कञ्चनपुरमा नेकपाका दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले कार्यकर्ता भेलाको तयारी गरेको अवस्थामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले कार्यालयमा तालाबन्दी गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।
त्यसपछि दुवै पक्षका कार्यकर्ताबीच ठेलमठेल भएको थियो । झडपको स्थितिपछि अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रचण्ड–नेपाल समूहले आइतवार ७७ वटै जिल्लामा कार्यकर्ता भेलाको कार्यक्रम राखेको छ । ओली पक्षका कार्यकर्ताले मध्याह्न भीमदत्त नगरपालिकास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।