प्रधानमन्त्री राष्ट्रिय क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको जित
Sunday, December 27th, 2020, 12:59 pm
काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । आइतबार भएको खेलमा लुम्बिनीले कर्णालीलाई ९ विकेटले हराएको हो । दुई खेलमा २ जित निकाल्दै लुम्बिनी सेमिफाइनल नजिक पुगेको छ ।
आजको खेलमा लुम्बिनीका सामु कर्णालीले ३५ रनको झिनो लक्ष्य दिएको थियो । जुन लक्ष्य लुम्बिनीले ३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो
लगातार दुई हारसँगै कर्णालीको समूहबाट बाहिरिन औपचारिक बाँकी छ । आइतबार दोस्रो खेलमा एपिएफ र प्रदेश २ भिड्दै छन् ।
प्रदेश २ ले एपिएफलाई हराएमा लुम्बिनी सेमिफाइनल अन्तिम खेलको नतिजा पर्खनु पर्ने हुन्छ । एपिएफ विजयी भएमा लुम्बिनी पनि सेमिफाइनलमा एक खेल अगावै पुग्ने छन् । सोमबार पहिलो खेलमा प्रदेश २ र कर्णाली तथा दोस्रो खेलमा लुम्बिनी र एपिएफ भिड्ने छन् ।