दाङमा ड्राईभरलाई खुकुरी हानी अटो र पैसा लुटियो
Sunday, December 27th, 2020, 1:01 pm
काठमाडौँ । दाङको तुलसीपुरमा गएराति ४ जनाको अपरिचति समूहले चालकलाई खुकुरी प्रहारगरी अटो लुटेर लगेको छ । तुलसीपुरको नयाँ बसपर्कबाट भाडामा लिएर राप्ती बबई क्याम्पस नजिकै लगेर खुकुरी प्रहार गरी रा१ह २५४६ नम्बरको अटो, २५ सय नगद, मोबाईल र घडी लुटेर लगेको पीडित तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुर निबासी २६ बर्षका तेज बहादुर नेपालीले जानकारी दिए ।
‘राती करिब १० बजे ४ जना आएर हामीलाई राप्ती बबई क्याम्पस नजिकै लगि दिनुप¥यो भनेपछि उनिहरुलाई अटोमा बसालेर लगे,’ घाइते अटो चालक नेपालीले भने–‘क्याम्पस नजिकै गएपछि राकेर एक्कासी टाउकोमा खकुरी प्रहार गरेर अटो, मोबाइल, २५ सय र घडी लुटेर लगे ।’ घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । खुकुरी प्रहार गरेर अटो, पैसा, मोबाईल र घडि लुटेर लगेको उजुरी आएको बताउँदै डिएसपी शिवबहादुर सिंहले खोजी कार्य तिब्र पारेको बताए ।घाइतेको ४ ठाउँमा गहिरो चोट लागेको छ ।