कांग्रेसको विरोध प्रदर्शनः कुन नेताले कहाँ गदैछन् प्रदर्शन ?
Sunday, December 27th, 2020, 12:32 pm
काठमाडौं । संसद विघटनविरुद्ध कांग्रेसले भोलि देखि विरोध प्रर्दशन गर्ने भएको छ । भोलिको प्रर्दशनमा नेताहरु आफ्नो निर्वाचन केन्द्रित हुने भएका छन् । केन्द्रीय कार्यसमितिको बैठकले १६५ निर्वाचन क्षेत्रमा भोलि विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
कतिपय नेताहरु जिल्लाले तय गरेका विरोध सभामा सहभागी हुने भएका छन् । प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौं २ को विरोध प्रदर्शनमा सहभागी हुने हुनुभएको छ भने विरोध सभापछि हुने सभालाई शर्माले कोटेश्वरमा सम्वोधन गर्ने तय भएको छ ।
नेता गगन थापा भने नेपालगन्जमा हुने विरोध सभामा सहभागी हुने हुनुभएको छ जारी केन्द्रीय समितिको बैठकलाई बीचमै रोकेर भोलिको विरोध प्रदर्शनमा कांग्रेस केन्द्रीत भएको छ ।
पार्टीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरे पनि संसद पुनर्बहालीको माग गरेको छैन । पार्टी सभापति शेरबहादुर देउवा समूह निर्वाचनबाट पछि हट्न नहुने पक्षमा छ । अर्कोतर्फ संस्थापनइतरका नेताहरु असंवैधानिक कदमको विरोधमा सडकमा जानुपर्नेमा जोड दिइरहेका छन् ।