कारोबारको पहिलो घण्टामै नेप्सेमा दोहारो अंकको गिरावट
Sunday, December 27th, 2020, 12:24 pm
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सेन्ज नेप्सेमा कारोबारको पहिलो घण्टामा नै दोहोरो अंकको गिरावट आएको छ ।
आज ११ बजेबाट सुरु भएको कारोबार १२ बजेसम्म आउँदा १६।४० अंकले घटेर २०२२।२३ को बिन्दुमा पुगेको छ । एक घण्टाको अवधिमा नेप्से परिसुचक ०।८० प्रतिशतले घटेको हो ।
एक घण्टाको अवधिमा कारोबारमा आएका १८८ कम्पनिको १७ लाख २ हजार ८६५ कित्ता शेयर १० हजार ४९७ पटक खरिद बिक्री हुँदा १ अर्ब १५ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये दुई उपसमुह भने बढेका छन् ।