प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख शाह पक्राउ
Sunday, December 27th, 2020, 12:19 pm
काठमाडौं । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनन्जय शाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी सहित कार्यालयका एक सहयोगी समेत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा शाहसहित केहि कर्मचारी प्रशासनमा आएको बताए ।
गौरीगञ्ज पश्चिमी झापाको भारतसँग सीमाना जोडिएको क्षेत्र हो । कार्यालय प्रमुख शाहमाथि नागरिकता प्रदानको बिषयमा छानविन भई रहेको बुझिएको छ ।