नागरिकता वितरणमा त्रुटि, इलाका प्रशासन प्रमुख नियन्त्रणमा
Sunday, December 27th, 2020, 12:03 pm
झापा
नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।
नागरिकता वितरण प्रक्रियामा देखिएको र त्यसको छानबिन भइरहेकोले तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँने प्रहरीले बताएको छ ।
उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।