नेपाली राजनीतिमा विदेशी चलखेल बढ्यो : कमल थापा
Sunday, December 27th, 2020, 11:43 am
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको आन्तरिक मामिलामा विदेशी चलखेल र हस्तक्षेप बढको भन्दै आपत्ती जनाएका छन् ।
नेपालमा सत्तारुढ नेकपाभित्र विवाद चलिरहँदा छिमेकी मुलुकहरु भारत र चीनले चासो देखाएको भन्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत आपत्ती जनाएका हुन् ।
“नेपालको घरेलु मामिला र पार्टीहरूको आन्तरिक विषयमा उत्तर,दक्षिण र पश्चिम जताको भएपनि दवाव,प्रभाव र हस्तक्षेप स्विकार गर्नु हुँदैन। दक्षिणको आपत्तिजनक र उत्तरको ठीक भन्ने हुँदैन।” उनले भने, “नेपालको स्वाभिमान,स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले नगरौँ।”