वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको सम्झनामा राखेपको कार्यालय आज बन्द
Sunday, December 27th, 2020, 11:33 am
काठमाडौं । वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यालय आज (आईतबार) बन्द रहने भएको छ ।
घरेलु खेलकुदका साथै नेपालको राष्ट्रिय भलिबलमा महत्वपूर्ण योगदान गरेका वरिष्ठ प्रशिक्षक रिमालको निधनमा दुख ब्यक्त गर्दै राखेपले आईतबार कार्यालय बन्द राख्ने निर्णय गरेको हो ।
मस्तिष्क रोगबाट पिडित वरिष्ठ भलिबल प्रशिक्षक रिमालको गत शुक्रबार काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको थियो ।
राखेपले शनिबार केन्द्रिय कार्यालयको हाताभित्र स्वर्गीय प्रशिक्षक रिमालको पार्थीव शरीरलाई राखेर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा राखेप उपाध्यक्ष शिव कोईराला र सदस्य सचिव रमेश सिलवालले राखेपको झण्डा ओढाएर रिमालको बिदाई गरेका थिए । सरकारी सम्मानका साथ राखेपले रिमालमाथि अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेको थियो ।