सुनको मूल्य स्थिर, कति छ तोलामा ?
Sunday, December 27th, 2020, 11:31 am
काठमाडौँ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ९३ हजार ७०० रुपैयाँ पर्नेछ ।
त्यस्तै आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि गत साता शुक्रबार पनि आजकै मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।